प्रहरीद्धारा अपराध रोकथाम र जिम्मेवार सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । धादिङको थाक्रे गाँउपालिक ३ अमरपुरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतनामुलक कार्यक्रम गरेको हो ।
बुधबार प्रहरी चौकी महादेवबेशी धादिङद्धारा आयोजित कार्यक्रममा स्थानियवासी नागरिक समाज,बुद्धीजिवीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा समाजमा घटने अपराध, त्यसको नियन्त्रण र अपराध नियन्त्रणमा स्थानियवासीहरुको जिम्मेवारी सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता तथा सुचना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।
त्यसैगरी धादिङको नेत्रावती गाँउपालिका ७ कटुञ्जेमा पनि प्रहरीद्धारा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बुधबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी टोड्के धादिङद्धारा समाजमा भइरहेका घरेलु हिंसा, अबैध हातहतियारको प्रयोग र यसको प्रयोगले समाजमा हुने असर, गैरकानुनी क्रियाकलाप तथा त्यसको कानुनी ब्यबस्थाको सम्बन्धमा जानकारी तथा सल्लाह सुझाब सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरिएको सुचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।
त्यसैगरी बुधबारनै ईलाका प्रहरी कार्यालय सल्यानटार धादिङद्धारा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ को स्थित बगैंचामा पनि आगलागी वारे जानकारी, आगलागीबाट बच्ने उपाय लगायतका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बिष्टले जानकारी दिनुभयो । कार्यक्रममा स्थानियबासीहरु, नागरिक समाज, बुद्धिबजिवि, महिलाकर्मी लगाएतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |