गजुरी गाउँपालिका–१ आदामारामा रहेको पतालीनी आधारभुत विद्यालयका बालबालिकालाई खेलकुद तथा स्टेसनरी सामाग्री प्रदान गरिएको छ । मंगलबार प्रयास नेपाल धादिङले प्लानेट ईन्फान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा संचालित बाल विकास कार्यक्रम अन्तरगत बाल विकास कक्षाका २८ जना बालबालिकालाई उमेर अनुसारको खेलकुद तथा स्टेसनरी सामाग्री वितरण गरिएको हो ।
संस्थाको स्थापना कालदेखि नै बालबालिका र शिक्षाको क्षेत्रमा कार्यरत प्रयास नेपालले बालबिकास कक्षाका बालबालिकाहरुलाई प्रति बालबालिका १५ सय बराबरको सामाग्री सहयोग गरिएको हो । सामाग्रीहरुमा कापी, कलर,पेन्सिल, ईरेजर, भाँडाकुटि सेट, रबर बल, प्लास्टिक बल, साईनपेन, मडलिङ क्ले, कथाको पुस्तक, लर्निङ मेसिन,स्केल लगायतको सामाग्री सहयोग गरिएको हो ।
पत्तालीनी आधारभुत विद्यालयका प्रधानाध्यापक हरी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्लानेट ईन्फान्ट एन्ड डेभलपमेन्टका नेपाल प्रमुख माया भर्बिष्ट, नेपाल प्रतिनिधि बुद्धिकुमार श्रेष्ठ, प्रयास नेपालका कार्यकारी निर्देशनक दामोदर अर्यालको बिशेष उपस्थिति रहेको थियो । बाल विकास कक्षाका सामाजिक, आर्थिक रुपमा कमजोर तथा पछाडि पारिएका समुदायका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि सामाग्री सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।
बालबालिकाहरुको मस्तिष्कको ९० प्रतिशत विकास यहि बाल विकासको उमेर ५ बर्ष हुने भएकोले बाल विकास समुहका बालबालिकाहरुलाई केन्द्रित गरि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि गजुरी गाउँपालिकाको सहकार्यमा गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा सहकार्य तथा सहजिकरण गर्ने गरि कार्यक्रम शुरुवात गरिएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनुभयो ।
तात्कालिन रुपमा कोभिड कारण लामो समय पछि बिद्यालय संचालन हुँदै गर्दा राहतको रुपमा मंगलबार पतालिनी आधाभुत बिद्यालय गजुरी वडा नं १ आदामाराका बाल विकासका बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक सहदेव पण्डितले जानकारी दिनुभयो । बालबालिकाले प्राप्त गरेको शैक्षिक तथा खेलकुद सामाग्रीले बालबालिकामा सिकाई वातावरण सिर्जना गर्न तथा सहजिकरणमा सहयोग पुग्ने बाल बिकास सहजकर्ता देवकी श्रेष्ठले बताउनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |