एनआरएनए बेल्जियम उपाध्यक्षमा युवा व्यावसायी तथा समाजसेवी कासी दनैले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।निर्वाचन नजिकिँदै जाँदा बेल्जियमस्थित नेपाली समुदायका एक सक्रिय युवा समाजसेवी तथा व्यावसायी कासी दनै पनि चुनावी मैदानमा उत्रनुभएको हो।बुधबार पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आफुलाई उपाध्यक्षमा निर्वाचिन गराउनको लागि अपिल गर्नुभएको छ ।
आगामी जुलाई २६तारिकमा तय एनआरएनए बेल्जियम निर्वाचनमा दनैले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको दनैले बताउनुभएको छ ।एक कार्यकाल युवा संयोजक कार्यभारमा रही सक्रिय रुपमा लागेको स्मरण गराऊदै उहाँले उपाध्यक्ष पदमा निर्वाचित गराएर काम गर्ने अवसर दिनको लागि सबैसँग अपिल गर्नुभएको छ ।
लामो समयदेखी सामाजिक कार्यमा सहभाभागी हुदै आउनु भएका दनैले भुकम्पको समयमा पनि स्वास्थ्य सामाग्री सकंलन गरी नेपाल पठाउनु भएको थियो । दनैको सहयोगको कारणले आर्थिक विपन्नताको कारण समस्यामा परेका विरामी तथा बालबच्चाहरुले नयाँ जीवन प्राप्त गरेका छन्।आर्थिक अभावको कारण उपचारमा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आईरहनुभएको छ । कोरोनाको कारण आक्रान्त बनेको मातृभुमि नेपालमा स्वास्थ्य सामाग्री तथा अक्सिजन पठाउनको लागि आर्थिक सहयोग गर्नुभएको छ ।
यस्ता छन् काशी दनैका पाँच प्रतिबद्धताहरु :
१) एनआरएनए मा युवाहरुको अधिकतम उपस्थिति गराउन पहल गरि संस्थामा हुने राजनीति हस्तक्षेप रोक्न जोडदार पहल गर्ने।
२) “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन र नेपाली समुदायकै हकहित र अधिकार प्राप्तिका लागि निर्णयात्मक भूमिका खेल्ने।
३) नेपाली भाषा,साहित्य,कला र संस्कृतिको साथै पर्यटन प्रबन्ध विकासको प्रचार प्रसारका लागि समुदाय र नेपाली राजदूतावास संघ मिलेर प्रभावकारी अभियान चलाउन पहल गर्ने।
४) अन्तर्राष्ट्रिय समन्वय परिषदले सुरुवात गरेको दिगो लगानी तथा ठुला परियोजनामा सम्पूर्ण पञ्जीकृत सदस्यहरुले आफ्नो इच्छा अनुरुप लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने।
५) स्मार्ट एनआरएनए अभियानलाई अझै मुर्त रुपमा ल्याउन र आवस्यक डाटा सुरक्षा प्रणाली लाई सुदृढीकरण गर्न पहल गर्न
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |