२१ माघ, शुक्रबार २०७८ । तदनुसार फेब्रुवरी ४ तारिक २०२२ । माघशुक्लपक्ष त्रयोदशी तिथि, वणिज करण, शिव योग, बणिज योग, चन्द्रमा कुम्भ राशिमा छ । आज बिहान ६ः५१ मा सूर्योदय भएकाे छ भने १७ः४५ मा सूर्यास्त हुनेछ । आजको देवता मित्र र ग्रहदेव बुध रहेको छ ।
आज बिहान १०ः५६ देखि १२ः१८ सम्म राहुकाल रहेको छ । ११ः५६ देखि १२ः३९ सम्म अभिजित मुहूर्त रहेको छ । शुक्रबारका दिन विलासिताको सामानहरु खरिदका लागि उपयुक्त दिन हो ।
प्रेम, स्नेह र मनोरन्जनात्मक कामका लागि शुक्रबार राम्रो बार हो ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारव्यवसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन व्यापारकाे कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । आज तपाईमाथि परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् ।कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेस हुनेछ । नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन शुभ छ । त्यसैले आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले निकै खुसी तुल्याउने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध ब्यक्तिलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु राम्रो हुनेछ । कसैसँग विवाद हुने कुनै काम नगर्नुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मनमा हर्ष छाउने छ । व्यापारबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी लाई खान दिने र बालबालिकालाई अध्ययन सामग्री दिनुभयो भने हर्ष छाउनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नु राम्रो हुनेछ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |