प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
काठमाडौं, २६ फागुन
अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध विशाल योगफल तयार पारको छ ।
बुधबार कप्तान सन्दीप लामिछानेले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै आक्रमक सुरुवात गरेको नेपालले ३३२ रनको लक्ष्य प्रस्तुत गरेको हो । निर्धारित ५० ओभर खेलेको नेपालले सात विकेट गुमाउँदै ३३१ रन बनायो ।
नेपालका चार ब्याटरले अर्धसतक बनाए । ओपनरद्वय कुशल भर्तेल र आसिफ शेखले क्रमशः ५७ र ५२ रन जोडे । यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका रोहित कुमार पौडेलले सर्वाधिक ७२ रन बनाएर आउट हुँदा करण केसी ५३ रनमा अविजित रहे ।
यस्तै आरिफ शेखले ३५, कमलसिंह ऐरी ४५ रनमा अविजित रहँदा बिनोद भण्डारीले ३ बन बनाए ।
यसअघि नेपालले पहिलो खेलमा श्रीलंका नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो । अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ । जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |