काठमाडौं, १० चैत
नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७९ पैसा र बिक्री दर १२२ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ दुई पैसा र बिक्री दर १३४ रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ आठ पैसा र बिक्री दर १६१ रुपैयाँ ८७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर ३० रुपैयाँ २० पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ सात पैसा र बिक्री दर ९१ रुपैयाँ ५२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २६ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ छ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर १० रुपैयाँ दुई पैसा र बिक्री दर १० रुपैयाँ सात पैसा कायम भएको छ
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |