काठमाडौँ, १२ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विकास र समृद्धिको दृष्टिले देशलाई पाँच वर्षमा कायापलट गर्ने दाबी गरेका छन् । एमाले, कांग्रेस र माओवादीप्रति आक्रोशित हुँदै उनले यी तीन दलले धेरै वर्षदेखि देशलाई विकसित र समृद्ध नगर्न नसकेको र राप्रपालाई पाँच वर्ष काफी हुने बताए ।
राजधानीमा शनिबार पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राप्रपालाई एकपटक ठूलो पार्टी बनाएर सत्तामा पुर्याइदिन जनतासँग आग्रह गरेका छन् । राप्रपाप्रति जनलहर आएको र त्यस आधारमा राजनीतिक शक्ति जनताबाट राप्रपाको हातमा आउने देखिएको पनि उनको भनाइ छ ।
उनले जनताबाट राजनीतिक शक्ति आएको अवस्थामा राप्रपाले देश विकासमा पूर्ण रूपले सदुपयोग गर्नेपर्ने धारणा राखे । तर, एमाले, कांग्रेस र माओवादीबाट देश बन्ने सम्भावना नभएको ठोकुवा गरे ।
‘शेरबहादुर देउवालाई कति पटक वा कति वर्ष थपिदियौँ भने देश बनाउन सक्षम हुनुहोला ? कोही कांग्रेसीजनले भन्न सक्छ ? शेरबहादुर देउवालाई ५ वर्ष दियौँ भने यो देश बन्छ ? अथवा केपी ओली, प्रचण्ड ?’, लिङ्देनले प्रश्न गरे, ‘उहाँहरूलाई कति वर्ष र कति कार्यकाल दिँदा यो देश बन्छ होला ? यसकारण मैले भन्छु तपाईंहरूलाई कि अब बेला आयो ।’
उनले तीन दलबाट देश बन्ने कुराको आशा राख्नु साँडेको टाङमुनि बाल्टी थापेर दुधको चाहनु जस्तै भएको उनले टिप्पणी गरे ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |