काठमाडौं, १२ चैत
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनित गरेका अध्यक्ष दुजाङ शेर्पालाई संस्थापन ईत्तरका शेखर कोइराला समूहले अस्विकार गरे पनि अन्य दुई समूहले भने स्वीकार गरेका छन् ।
सभापति देउवाले ‘एकलौटी रुपमा मनोनित गरेको’ आरोप लगाउँदै कोइराला समूहले १४ चैतमा अलग्गै भेला बोलाएको दोस्रो दिन वरिष्ठ नेता रामचन्द्र पौडेलले निवासमा बोलाएर अध्यक्ष शेर्पालाई बधाई दिएका छन् । यसअघि शेर्पालाई निवासमा नै बोलाएर प्रकाशमान सिंहले पनि बधाई दिइसकेका थिए । उक्त बधाई कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माको पनि उपस्थिति थियो ।
उता, शेर्पासहितको मनोनयनप्रति असन्तुष्टी जनाउँदै कोइराला समूहले १४ चैतमा अनुपम फुडल्याण्डमा बृहत भेला आयोजना गरेका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |