धादिङ,१३ चैत।
नेपालमा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभर ५ हजार २२२ कोरोना परीक्षण गर्दा जम्मा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले प्रेस ब्रिफिङका क्रममा बताउनुभयो।
देशभर ३ हजार ७८० आरटी पिसिआर परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ भने १४ सय ४२ एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये २ सय १५ जना स्वस्थ भएका छन् भने संक्रमणका कारण मृत्यु हुने शुन्य रहेको छ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ६४ हजार ८२३ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।
अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५५८ रहेको छ।देशभर आजसम्म ११ लाख १८ हजार ४४५ कोभिड संक्रमित भएको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले बताउनुभयो।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |