नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,०९ बैशाख ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ ।
पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।
परीक्षामा धादिङ जिल्लाबाट १ सय ५५ वटा माध्यमिक विद्यालयका ६ हजार २२४ जना परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाइ धादिङका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार धादिङमा २३ जना ग्रेडबृद्धितर्फ, खुल्ला विद्यालय अन्तगत अन्तरगत ३९ जना र प्राविधिक तर्फ २ सय ९ परीक्षार्थी सहभागी भएका छन् । सबैभन्दा धेरै नीलकण्ठ माविका २२२ जना र सबै कम जगदम्बा बोर्डिङ स्कुल गजुरीका ५ जना विद्यार्थीहरु यो एसईई परिक्षामा सहभागि छन् । यसवर्ष परीक्षाका लागि धादिङमा २६ वटा परीक्षा केन्द्र तोकिएको छ।
देशभर नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितफ ११ हजार ४ सय ५४ गरि कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी भएको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताउनुभयो ।
कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गरिएको छ ।
परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |