काठमाण्डौ,१७ बैशाख ।
आज मातातीर्थ औँसी, हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाईने पर्व आज श्रद्धा भक्तिकासाथ मनाइँदै छ । छोराछोरीले बिहानै नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने र मीठामीठा खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड दिएर सम्झने गर्छन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी शास्त्रमा उल्लेख गरिएको छ ।
शास्त्रमा आमा र जन्मभूमिको महत्त्व दर्शाइएको र विशेषगरी आजका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभ–आशीर्वाद थाप्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।
त्यस्तै दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस अवसरमा काठमाण्डौको चन्द्रागिरि नगरपालिकामा रहेको मातातीर्थमा मेला लाग्ने गर्छ । विगतका दुई वर्ष कोरोनाको सङ्क्रमणका कारण मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने मेला स्थगित गरिएको थियो । यस वर्ष मेला लाग्ने नगरपालिकाले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |