काठमाडौं,०८ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रूपैयाँ बढाएको थियो।
नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १८० रूपैयाँ, डिजेल र मट्टितेल १६३ रूपैयाँ लिटर पर्नेछ। त्यस्तै एलपी ग्यासको मूल्य १८०० रूपैयाँ पर्नेछ। हवाइ इन्धन (आन्तरिक) को भाउ लिटरको १६६ रूपैयाँ पुगेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |