धादिङ,१० जेठ
नव निर्वाचित त्रिपुरासुन्दरी गाउपालिकाका अक्ष्यक्ष राजु उप्रेतीले पदभार ग्रहण पश्चात लोकप्रिय निर्णय गरेका छन् ।
उनले गाउपालिकाका स्वास्थ्य संस्थामा भर्ना भई अन्यन्त्र स्थानमा रिफर भएका सुत्केरी महिलाको एम्बुलेन्स भाडा पालिका बाट भुक्तानी र गाउपालिकामा खसेको मत बराबर नै गाउपालिकामा बृक्षरोपण गर्ने निणर्य गरेका हुन ।
आज गाउपालिकामा अध्यक्षको पदबहाली संगै त्रिपुरासुन्दरी गाउपालिकाका अध्यक्ष राजु उप्रेतीले सो निर्णय गरेका हुन ।
अध्यक्ष उप्रेतीले गाउपालिका भित्र सामुदायिक शिक्षण संस्थामा माध्यामिक तह सम्म निशुल्क गर्ने, गाउपालिकाको कार्यालय देखि वडा कार्यालय सम्मको सडक पिज गर्ने र गाउपालिका बाट सम्पादन हुने सेवा प्रवाह, बिकास निर्माण तथा सार्वजनिक सरोकारका बिषयहरुमा नागरिकहरु संग सम्पर्कमा रहि गुनासो तथा सुझावहरु संकलनको लागी २४ घण्टा संचालनमा हुने गरि हटलाईन सेवा संचालन गर्ने निर्णय गरेका छन् ।
अध्यक्ष उप्रेतीले आजै गाउपालिकाका उपाध्यक्ष देवराज धरेल लगाएत वडा अध्यक्ष तथा गाउपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ खुवाएका थिए । अध्यक्ष उप्रेतीको निर्णय बाट गाउपालिका बासी खुसी भएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |