Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २२, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन धादिङ अस्पतालमा निर्वाचन केन्द्रित ‘इलेक्शन टास्क फोर्स’ गठन

को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

९३५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १३, सोमबार (३ साल अघि)
को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

काठमाडौं, १३ असार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झन्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेतएमालेलाई जिल्लामा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गरेका थिए । कुँवरको जन्म अछाम जिल्लाको साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्णसिंह कुँवर र बसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ वैशाख २६ गते जन्म भएको हो । यद्यपि उनको नागरिकतामा भने २०२३ भदौ ६ गतेको जन्म मिति उल्लेख रहेको कुँवर बताउँछन् । कुँवर पाँच दाजु र तीन दिदीहरूमध्ये कान्छो सन्तान हुन् ।

सादगीपन र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र कुशल संगठक मानिन्छन् । २०३९ मा अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उनी हालसम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।

नेता कुँवरले पटकपटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हालेका छन् । उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, ०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता कुँवर २०७४ मा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

हाल उनी एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य हाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् ।

नेता कुँवर विद्यार्थीकालदेखि जुझारु नेता मानिन्छन् । पार्टी संगठनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने नेता कुँवर विभिन्न आन्दोलनका क्रममा गिरफ्तारसमेत परेका थिए । उनी २०४७ को जनआन्दोलनमा काठमाडौंको बग्गीखानामा एक हप्ता जेल परेका थिए । यस्तै २०५१ मा गाउँमा अन्यायका विरुद्ध आवाज उठाउँदा सार्वजनिक मुद्दा लगाइएपछि झण्डै पाँच दिनसम्म उनी थुनामा परेका थिए ।

तत्कालीन माओवादी जनयुद्धका कारण अन्य पार्टीहरू संकटमा परिरहेका बेला नेता कुँवरले अछाममा एमालेको बिउ जोगाएका थिए । सो समयमा अछाम सदरमुकाम मंगलसैनमा रहेर उनले कठिन र जोखिमयुक्त राजनीतिक यात्रा अघि बढाएका थिए । यद्यपि जिल्लामा बसेर पार्टी क्रियाकलापमा सक्रिय भए पनि  जनयुद्धको समयमा समेत कुनै सुरक्षा थ्रेट नआएको उनी बताउँछन् ।

मन्त्री नियुक्त भएका कुँवरले मन्त्री पदमा सोमबार बिहान ११ बजे  पद तथा गोपनीयताको शपथ लिँदैछन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिन लागेका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

  • काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

  • काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

  • मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

  • समाचार
    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ-६ मा रास्वपाका खनाल विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    मनाङमा नेपाली कांग्रेसका गुरुङ विजयी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0