धादिङ,०५ साउन।
नेपालमा थप ४ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गत २४ घन्टामा देशभर जम्मा ३ हजार ५ सय ६९ कोरोना परीक्षण गरिएकोमा जसमा १ हजार ६ सय ६७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ३ सय १७ जना र १ हजार ९ सय २ एन्टिजेन विधि बाट गरिएको परीक्षणमा १ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ८२ हजार ७ सय १९ जना र एन्टिजेन विधिबाट १ लाख ४१ हजार २ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ५६ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार २ सय २८ पुगेको छ ।
गत २४ घन्टामा देशभर कोरोनाविरुद्धको खोप लगाउनेको विवरण शून्य रहेको छ भने मृत्यु हुनेको सङ्ख्या पनि शून्य रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या भने २ हजार ५ सय ३७ रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |