काठमाडौँ,३० साउन ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई बलियो बनाएर जानुपर्ने बताएका छन् ।
सोमबार पार्टीबाट निर्वाचित भएका स्थानीय पालिका प्रमुख र उपप्रमुखहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अब पार्टीको ध्यान मंसिर ४ तर्फ केन्द्रीत रहेको बताएका हुन् । न्यायसङ्गत ढंगबाट टिकट वितरण गरिने भन्दै ढुक्क भएर चुनाव प्रचारमा लाग्न उनकाे आग्रह थियाे ।
‘स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा हात पारेको थियो । अब हाम्रो ध्यान मंसिर ४ मा छ ।’ उनले भने, ‘२०७४ सालमा गठबन्धनसँग हामी एक्लै लडेर पराजित भएका थियौँ । अहिले हामी गठबन्धनमा छौँ । सबै साथीहरुलाई मिलाएर लैजान्छु । कसैलाई अन्याय हुन दिन्न । त्यसैले यसमा साथीहरूले मनन गरेर लाग्नु होला ।’
साथै उनले गठबन्धन छँदैछ भनेर चुनाव जितिहालिन्छ भनेर ढुक्न भएर बस्न नहुने बताए । ‘गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भन्ने पनि परेको छ। त्यस्तो होइन। जनतामा जानुपर्छ। यो देशको मालिक जनता हुन् । जनताको मन जित्ने गरी काम गर्नुपर्छ ।’ उनले भने ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |