काठमाडौं,१५ असोज ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने अर्को हप्ता नेपाल आईपुग्ने भएका छन् ।
नाबालिगलाई बलात्कारको आरोप लागेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू असोज २० गते नेपाल आइपुग्ने जानकारी दिएका हुन् । बलात्कारको आरोप लागेपछि प्रहरीको खोजीमा रहेका उनी अहिले नेपाल बाहिर छन् । इन्टरपोलले उनका नाममा रेडकर्नर नोटिस जारी गरिसकेको छ ।
सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने समेत बताएका छन् । १६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले काठमाडौंको एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |