धादिङ,२ कात्तिक ।
धादिङको नीलकण्ठ नगरपालिकाको आयोजनामा वडा नम्बर १४ धुवाँकोटमा बृहत एकिकृत घुम्ती शिविर मंगलबार सम्पन्न भएको छ ।नगरपालिकाबाट प्रवाह हुने सेवा तथा सुबिधा नगरबासीलाई गाउँगाउँमा उपलब्ध गराउने उदेश्यले एकिकृत घुम्ती शिविरको आयोजना गरीएको हो । विहान १० बजेबाट सुरु भएको शिविरबाट ४४५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण, २५७ जनास्वास्थ्य परिक्षण तथा औषधी वितरण, २८२ जनाको आँखाको चेकजाँच, ६६ जनालाई सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जानकारी,६जनालाई मनोसामाजिक परामर्श,३१जनालाई अपाङ्गता परिचयपत्र वितरण,३जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण, ३० जना जेष्ठ नागरिकलाई स्वास्थ्य विमा, ११ जनालाई कोभिड खोप,५८ जनाले आयुर्वेद सेवा लिनुभएको छ ।यसैगरी १९८ जना कृषकका २९३६ पशुपंक्षीलाई औषधी वितरण,५६ वटा पशुको गोबर परिक्षण र ३१ वटा कुकुरलाई एन्टिरेबिज भ्याक्सीन लगाईएको नगरपालिकाले जानकारी दिएको छ ।
आँखा परिक्षण गरीएको मध्ये ११ जनाको मोतिया विन्दुको अप्रेशन गर्नुपर्ने प्रशासन शाखा प्रमुख लोकनाथ उपाध्यायले जानकारी दिनुभयो ।शिविरको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना,उम मेयर दिपक विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले शिविरको अनुगमन गर्नुभएको छ ।शिविर अनुगमन गर्नुहुदै मेयर भीम प्रसाद ढुंगानाले एकिकृत घुम्ती शिविरलाई प्रत्येक वडा वडामा लैजानुपर्ने देखीएको बताउनुभयो ।
साथै मेयर ढुंगाना र उप मेयर दिपक विश्वकर्माले सरस्वती माविको निर्माणधिन भवनको अनुगमन गर्नुभएको छ ।यसैगरी प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले शिविर सन्चालन गर्दा आईपर्ने चुनौती तथा सेवा प्रवाहको विषयमा कर्मचारीसँग चासो राख्नुभएको थियो।साथै वडा नम्बर १४ को वडा कार्यालय भवन निर्माणको विषयमा पनि वडा अध्यक्ष नवराज दुवाडीसँग छलफल गर्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |