धादिङ,७ कात्तिक ।
धादिङमा जारी अन्तरपालिका टी–२० क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकाले जितेको छ।आज सम्पन्न भएको फाईनलमा खेलमा धुनीवेशी नगरपालिकालाई४विकेटले हराउदै त्रिपुरासुन्दरी गाउँपालिकाले उपाधी हात पारेको हो ।बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा रहेको चन्द्रोदय बहुमुखी क्याम्पसको खेल मैदानमा सोमबार भएको फाइनलमा धुनिबेसी नगरपालिकालाई ४ विकेटले पराजित गर्दै त्रिपुरासुन्दरीले उपाधी कब्जा गरेको हो ।
उपाधी रक्षाका लागि धुनिबेसीले दिएको १ सय १३ रनको लक्ष्य त्रिपुरासुन्दरीले अन्तिम ओभरमा ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्यो ।त्रिपुरासुन्दरीको जितका लागि कप्तान अमृत थापाले उत्कृष्ट ब्याटिङका साथ ७६ रनको अर्धशतकिय इनिङ खेल्दै अविजित रहे । उनले ५८ बलमा ७ चौका र ६ छक्काको मद्दतले ७६ रन पूरा गरे । यस्तै सैसाद थपलियाले १२ बलमा १ चौकासहित ९ रन बनाउदा उदय थापा १७ बलमा ३ रन जोडेर पभिलियन फर्किए ।
धुनिबेसीका लागि समीर तिमल्सिनाले ३ विकेट हात पार्दा सुनिल बानियाँले २ तथा अमृत थापाले १ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको धुनिबेसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।धुनिबेसीका लागि कुशल रुपाखेतीले उत्कृष्ट ब्याटिङ्ग गर्दै ५९ बलमा ७ चौका तथा ५ छक्काको मद्दतमा ७६ रनको अर्धशतकिय इनिङ्ग खेले । संस्कार पाठकले १५ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाउदा समीर तिमल्सिना ४ बलमा ४ रब बनाएर अविजित रहे ।
यस्तै प्रनित पाठकले ११ बलमा २ तथा सुदिप पाठकले १० बलमा २ रन बनाएर पभिलियन फर्किए ।त्रिपुरासुन्दरीका लागि श्रीकृष्ण उपाध्याय, विशाल थपलिया र उदय थापाले समान २–२ विकेट लिए । अमृत थापाको नाममा १ विकेट रह्यो । धादिङ जिल्ला क्रिकेट संघको अध्यक्ष दिपेश कडेंलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ,त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको विशेष आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |