धादिङ,१७ कात्तिक
धादिङको नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले वडा नम्बर ४ दमाईछाँपका समुहलाई बाजा हस्तान्तरण गर्नुभएको छ ।सामाजिक क्षेत्रमा क्रियाशिल संस्था आईसिडिसी नेपाल र Nepal Inzlingen को सहयोगमा एक कार्यक्रमकाबिच नौमती बाजा हस्तान्तरण गरिएको छ।सरसफाइ सुधार तथा जिविकोपार्जन परियोजना अन्तरगत वडा नम्बर ४का दमाईछाँप समुदायमा विन्दुकेशर पञ्चेबाजा समुह गठन तथा १सेट पञ्चेबाजा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको आईसिडिसीका राजन दुवाडीले जानकारी दिनुभयो ।बाजा हस्तान्तरण गर्नुहुदै अध्यक्ष रिजालले संस्कृती जगेर्ना हुनुको साथै आर्थिक रुपमा पनि स्वरोजगारी बन्ने हुँदा बाजाको सहि प्रयोगको लागि आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रमकै अवसरमा हरी कुमार दमैको अध्यक्षतामा विन्दुकेशर पञ्चेबाजा समुह गठन गरीएको छ।नवगठित समितिको उपाध्यक्ष सुकु परियार,सचिवमा रोशन परियार,कोषाध्यक्षमा रविना परियार चयन हुनुभएको छ।यसैगरी सदस्यहरुमा हरी परियार,रमेश परियार र जुनी परियार रहनुभएको छ।यसैगरी सन्त कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय संरक्षक समिति प िनचयन गरीएको छ ।जसको सदस्यहरुमा ज्ञाने नेपाली र राममाया श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रममा गाउँपालिकाकाका अध्यक्ष मेघनाथ रिजाल,वडा नम्बर ४ को अध्यक्ष तिल बहादुर गुरुङ,आईसिडिसीको कोषाध्यक्ष गोपाल Nepal Inzlingenका Dr.klaus Bender लगायतको आतित्थ्यता रहेको थियो । जिविकोपार्जन अन्तरगत हस्तान्तरण गरिएको बाजाले समुदायको आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको छ।साथै आगामी दिनमा जिविकोपार्जन अन्तरगत आरान ब्यवस्थापन,कृषि तथा पशुपालनमा सहयोग गरिने आईसिडिसीका राजन दुवाडीले जानकारी गराउनु भयो।हस्तान्तरण गरीएको बाजामा नरसिंहा २ वटा,सनाई २ वटा,दमाहा २ वटा,ढोलकी १वटा,टेम्को १वटा,झुर्मा १ वटा र बाजा बजाउदा लगाउने ११ वटा ज्योकट रहेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |