धादिङ २२,कात्तिक । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको आयोजना गंगाजमुना,रुवीभ्याली, खनियाबास गाउपालिकामा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
डेंगु बिरुद्धको सचेतना कार्यक्रम फिनिस रेडक्रसको आर्थिक सहयोग तथा केन्द्रिय कार्यालयको समन्वयमा सम्पन्न भएको हो ।
गंगाजमुना मेलाको अवसरमा गंगाजमुना माई मेला परिसरमा सचेतना कार्यक्रम सम्पन्न भएको थियो ।
त्यसैगरी हिजो रुवीभ्याली गाउपालिकाको च्याम्रादेवी मावि सेर्तुङमा बिद्यार्थी तथा शिक्षकहरुलाई अभिमुखिकरण तथा रुवीभ्याली गाउँपालिका सेर्तुङमा डेगु बिरुद्धको अभियानको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
यसैगरी खनियाबास गाउपालिकामा रहेको बिन्दीदेवी मावि र गणेशकुण्ड माविमा बिद्यार्थी तथा शिक्षकहरुलाई अभिमुखिकरण तथा खनियाबास गाउँपालिका दार्खामा डेगु बिरुद्धको अभियानको बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोहि अवसर पारेर रेडक्रस धादिङले बिद्यालयहरुमा रेडक्रस अभियानको बिषयमा अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती नारायण प्रसाद तिमल्सिना,कोषाध्यक्ष कृष्ण प्रसाद लम्साल र उप मन्त्रि नारायण कुमार श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
पालिका भित्र भएको अन्तरक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको दुवै पालिका एवम् सवै वडाहरु नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको संस्थागत सदस्य बन्ने र दुवै पालिका भित्रका नागरिकहरुलाई रगत तथा रक्ततत्व उपलब्ध गराएबापतको संचालन खर्च पालिकाले धादिङ शाखालाई उपलब्ध गराई नागरिकहरुलाई रगत निशुल्क गरिने प्रतिवद्धता ब्यक्त भएको शाखाका सभापती नारायण तिमल्सिनाले बताउनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |