धादिङ,२१ पुस ।
सिद्धलेक गाउँपालिकाका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले टोली खटाएर अभियान सुरु गरेको छ ।गाउँपालिकाको प्रत्येक वडाबाट राष्ट्रिय परिचयपत्र बनाउने अभियान सुरु गरिएको हो।
हरेक वडामा विभागले आवश्यक उपकरण सहित टोली परिचालन गरेको र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै सिद्धलेक गाउँपालिका बासीलाई आफ्नो वडा कार्यालयमा पुगेर राष्ट्रिय परिचयपत्र बनाउन गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले आग्रह गर्नु भएको छ ।पुष ५ गतेदेखि शुरु भएको यो अभियानमा एउटा वडाको दैनिक ६०/७० जनाको राष्ट्रिय परिचयपत्र बनाइएको छ।
नागरिकता,राहदानी,जग्गा धनीपुर्जा,मतदाता परिचयपत्र लगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृत रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण संकलन गर्ने गरिन्छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |