धादिङ,२५ पुस
वागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नेता शालिकराम जम्मकट्टेलले आज दाबी पेस गर्नुहुने भएको छ । वागमती प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शालिकराम जम्मकट्टेलले सोमबार प्रदेश प्रमुखककोमा दाबी पेस गर्न लाग्नु भएको हो ।
सत्तारुढ गठबन्धनको भागवण्डाअनुसार एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने भनिएको वागमती प्रदेशमा पहिलो नेतृत्व माओवादी केन्द्रले गर्ने निर्णय भएसँगै संसदस्य दलका नेता समेत रहेका जम्मकट्टेल प्रदेशको चौथो मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
तत्कालिन एमाले(माओवादी सरकारमा डोरमणी पौडेल क्याविनेटमा आन्तरिक मामिला तथा काूनमन्त्री रहेर ४३ महिना काम गरेका जम्कट्टेल वर्तमान सरकरको पनि आर्थिक मामिला मन्त्री रहेका छन् ।
वागमती प्रद्रेशमा एमालेका २७, माओवादी केन्द्रका २१ तथा राप्रपाको १३ गरि ६१ सिट रहेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा बागमतीमा डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |