धादिङ,२१ फागुन
ज्वालामुखी गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय स्थल जलमूखी मन्दिरमा आजदेखी प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव–२०७९सुरु हुदैछ ।प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सवको उद्घघाटन मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने कार्यक्रम रहेको छ ।
ज्वालामुखी गाउँपालिका वडा नम्बर–६ र निलकण्ठ नगरपालिका वडा नम्बर–९ को आयोजना, ज्वालामुखी गाउँपालिकाको प्रायोजन तथा जलमूखी मन्दिर संरक्षण समितिको व्यवस्थापकमा फागुन २१ देखि २३ गतेसम्म महोत्सवको तयारी पुरा भएको हो ।महोत्सवमा आज पशुपति शर्मा, रीता थापा मगर, टिका सानु, २२ गते इन्द्रेनी टिम, बबिता बाँनिया जेरी, रितु तामाङ, सुरेश सुन्दास, दिप खड्का र २३ गते रबीन लामिछाने, अस्मिता डल्लाकोटी लगायत राष्ट्रिय तथा स्थानीय कलाहरुको बेजोड प्रस्तुती हुने आयोजकले जनाएको छ ।ऐतिहासिक, धार्मिक, एवम् सांस्कृतिक महत्त्व रहेको यस मन्दिर ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ र नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को सिमानामा अवस्थित रहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |