धादिङ,२ चैत
‘वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित बुधबारदेखी धादिङमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ । डिभिजन वन कार्यालय धादिङको आयोजना र सव डिभिजन वन कार्यालयको संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बुधबार वन डढेलोलाई लक्षित गरी वन डढेलो कार्य योजना कार्यान्वयनको लागि डिभिजन वन कार्यालयका कर्मचारी, विभिन्न सब डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता महासंघ प्रतिनिधि, हरीत स्वयंसेवक, समूह सहयोगीहरूको सहभागितामा समन्वय बैठक सम्पन्न भएको डिविजन वन कार्यालय धादिङका डिविजन वन अधिकृत अजय विक्रम मानन्धरले बताउनुभयो ।
डिविजन वन अधिकृत मानन्धरका अनुसार शुक्रबार सुरक्षा निकाय, इको क्लब, सामुदायिक वन उपभोक्ता समुहहरु र स्थानिय तहहरुसँग समन्वय र अन्त्रिक्रिया कार्यक्रम गर्ने बताउनुभयो।त्यसैगरी विद्यार्थीहरुलाई वन डढेलो सम्बन्धि सचेतनका लागि विद्यालयमा प्राथना गर्ने समयमा वन डढेलो भनेको के हो ?डढेलो कसरी लाग्छ ? कसरी नियन्त्रण गर्ने ? आगलागि हुन नदिन के के गर्नुपर्छ ? भनेर सव डिविजनका प्रमुखहरुले जानकारी गराउने कार्यक्रम रहेको डिविजन वन अधिकृत मान्नधरले बताउनुभयो ।
त्यसैगरी चैत्र ३, ४ र ५ गते सामुदायिक वन उपभोक्ता समुहमा र वन समुहरुमा गएर बन डढेलो सम्बन्धि जानकारी गर्नेे, अग्नि रेखाको, गोरेटो बाटाका छेउछाउमा भएका पात पतिङ्गर डढाउन कार्यक्रम राखिएको छ ।अभियान अन्तर्गत ६ र ७ गते विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरु, कबुलियत वन समुहरु, राजमार्ग छेउछाउमा रहेका प्रजनन्शील पदार्थ जलाउने कार्यक्रम रहेको डिविजन वन अधिकृत मानन्धरले बताउनुभयो ।साथै लोकमार्गको छेउछाउमा ब्यानरे राखेर १० जना हरित स्वयम सेवक परिचालन गरी डढेलो नियन्त्रणका लागि तथा वन संरक्षणका लागि डढेलो सम्बन्धित गीत बजाएर कार्यक्रम गरिने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |