जनकपुर,४ चैत
नगरपालिका सङ्घका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले पर्याप्त ऋण लगानीको बाटो खोलिदिन संघीय सरकारले कञ्जुस्याई गर्न नहुने बताउनु भएको छ । नगर विकास कोषले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ढुंगानाले सो कुरा बताउनु भएको हो ।
नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले आन्दोलनका लागि समेत तयार रहनुपर्ने बताउनुभयो । “लगानीको वातावरण बनाउन कहिले जग्गा त कहिले वनको समस्याका कारण आयोजना वर्षौंदेखि कागजमा मात्रै सीमित हुने अवस्थाको अन्त्य गर्दै पर्याप्त ऋण लगानीको बाटो खोलिदिन सङ्घीय सरकारले कञ्जुस्याइँ गर्न हुँदैन”, अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “यस्तै अवरोध र असहज अवस्था कायमै रहने हो भने जनताको सपना लिएर निर्वाचित भएका जनप्रतिनिधि एकैपटक आन्दोलनमा आउनुको विकल्प देख्दिनँ ।”
मधेस प्रदेशको विकासका लागि सम्भावित योजना, लगानीको नवीन क्षेत्र, आयोजना छनोटको विधि, ऋण लगानी र असुलीका कानुनी व्यवस्था लगायतका विषयमा कोषले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मधेस प्रदेशका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक लगायतको सहभागिता थियो ।
स्थानीय सरकारलाई दिगो र महत्वपूर्ण ठूला आयोजना निर्माणका लागि अनुदानसँगै ऋण परिचालन गर्नसक्ने गरी सङ्घ सरकारबाट कानुनी अड्चन फुकाइदिन मधेस प्रदेशका जनप्रतिनिधिले आग्रह गरेका छन् ।
नगर विकास कोषले जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रममा सहभागी जनप्रतिनिधिले राजस्वको १२ प्रतिशतभन्दा बढी ऋण परिचालन गर्न नसक्ने व्यवस्थाले स्थानीय तहलाई असहज बनाएको गुनासो गरेका थिए ।
ऋण लिने सीमा निर्धारणको सिफारिस गरेकोे प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले दायरा बढाउन आयोग तयार रहेको बताउनुभयो । “ऋणको स्रोत पहिचानसँगै योजना छनोट, लगानी र असुलीको स्पष्ट कानुनको अभाव छ, लगानी बढाउने र ऋण उठाउने हो भने सबैभन्दा पहिले सरकारले कानुन बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ”, उहाँले भन्नुभयो ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले प्रतिआयोजना रु ५० करोडसम्मको लगानी गर्न कोष तयार रहेकोे बताउनुभयो । “ऋणबाट आयोजना बनाउँदैमा मेरो राजनीति सकियो भन्ने सोच नै पहिलो बाधक छ, प्रतिफलमुखी आयोजना ल्याउनुहोस्, प्राविधिकलगायतका सम्पूर्ण काम हामी गरिदिन्छौँ, क्षमता विकास गराउँछौँ, लगानी गर्छाैं, त्यही आयोजनाले ऋण तथा व्याज तिर्न सक्छ”, उहाँले भन्नुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |