धादिङ,४ चैत
अखिल नेपाल किसान महासंघ धादिङले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । रासायनिक मलमा अनुदान कटौती गरेको विरोध गर्दै अखिल नेपाल किसान महासंघ धादिङले ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्रमा रासायनिक मलमा भएको अनुदान कटौतीले कृषि उत्पादनमा लागत बढ्न गई कृषि उपजहरुको मूल्यमा भारी मात्रामा वृद्धि हुने र यसको मार उपभोक्तालाई पनि मार पर्ने देखिने उल्लेख गरिएको छ ।
त्यसैगरी सधैं मलको अभाव खेपिरहेका किसानले मलमा पाउने अनुदान कटौतीको सरकारको निर्णयले किसानलाई निरुत्साहित गरेको ज्ञापनपत्रमा लेखिएको छ । त्यसैगरी यसले देशमा उत्पादन घट्न गई खाद्य सुरक्षामा आँच आउने जोखिम बढ्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
धादिङ प्रमुख जिल्ला अधिकारी रमेश ढकालले ज्ञापनपत्र बुझ्दै मागहरूप्रति ध्यानाकर्षण भएको र हाम्रो जनसरोकारका विषय रहेको कारण प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइने बताउनुभएको छ ।अखिल नेपाल किसान महासंघ धादिङका जिल्ला अध्यक्ष कमल बहादुर गुरुङले नेपाल सरकारले किसानका तात्कालिन र दीर्घकालीन समस्यालाई समाधान गर्न प्रभावकारी कदम नचालिए किसानका सम्पूर्ण समस्यालाई लिएर देशभरका किसान सडकमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |