धादिङ,६ चैत ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिमा रहेको विन्दुकेशर महादेवको मन्दिरमा चैते दैशको दिन विशेष मेला लाग्दै आएको छ । जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै आएको उक्त मन्दिरमा चैते दशैको दिन ठुलो मेला लाग्दै आएको छ । आफ्नो मनोकांक्षा पुरा होस भनेर पुजा आराधना गर्दा मनले चिताएको कुरा पुग्ने जनविश्वास रहि आएको छ ।
गाउँपालिकाले त्यस मन्दिरको पुनःनिर्माण लगायत भौतिक संरचना निर्माणको काम गरीरहेको छ । आगामी दिनमा पनि मन्दिरको भौतिक संरचना निर्माण र प्रचार प्रसार गर्नको लागि गाउँपालिकाले विशेष योजना ल्याएर काम गर्ने गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले जानकारी दिनुभयो ।
यस्तो छ मन्दिरको ईतिहास
बाइसे चौविसे राज्यसंग जोडिएर आजसम्म धार्मिक, पर्यटकीय, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सहिष्णता, जातिय भाईचारा सम्बन्ध, मौलिकता, व्यापारिक तथा मनोरञ्जनात्मक महत्व बोकेको श्री विन्दकेशर महादेव स्थान साच्चिकै अनौठो र यथार्थ घटना तथा परिस्थितिलाई आत्मसाथ गर्दै उकासिएको छ।पूर्वमा नुवाकोट जिल्ला म्यागङ गाउँपालिका र पश्चिममा धादिङ जिल्ला नेत्रावति डवजोङ गाउँपालिकामा पर्ने गैरा, वागा, टुडीलाई शिर बनाएर भयङ भुरुङ खोला (नदि) को नाममा चिनारि हुँदै श्री विन्दुकेशर महादेव स्थान र श्री पार्वती स्थान मन्दिरलाई विचपारि धादिङ र नुवाकोटको सिमानाको रुपमा तल झर्दै थोपलखोलासँग मिसिएर थोपल खोलाको नाममा चिनारी भएको छ ।
शास्त्रीय नाम ’ब्रम्हु ब्रोही’ लाई वोलिचालिको भाषामा अपभ्रम्स भई भ¥याङभुरुङ खोला (नदि) नामले हाल प्रचलित छ । भ¥याङभुरुङ खोलाले सिमानाको काम गरि धादिङ र नुवाकोटलाई छुट्याएको छ, जहाँ धादिङ जिल्लामा श्री विन्दकेशर महादेवस्थान पर्दछ भने नुवाकोट जिल्लामा श्री पार्वति स्थान र विभिन्न शिवगण तथा गणेशको मूर्ति (मन्दिर) पर्दछ । धादिङ जिल्लाको सदरमुकाम धादिङ बेसी देखि करिव २४ किलोमिटर र नुवाकोटको सदरमुकाम विदुर देखि करिव १९ किलोमिटर दुरीमा अवस्थित श्री विन्दुकेशर महादेव स्थान मध्यपहाडी राजमार्ग देखि करिव ३ किलोमिटर भित्र पर्दछ ।
आमुन्य सामुन्य श्री विन्दुकेशर महादेवस्थान धादिङमा र श्री पार्वती स्थान नुवाकोटमा अवस्थित छ,जसको विचमा सफा, स्वच्छ र निश्चल भयङ भुरुङ खोला (नदि) सुसेल्दै झरेको छ । श्री विन्दुकेशर महादेव वि.स. १८०५ सालतिर सामान्य व्यक्तिले सजिलै सँग उचाल्न सक्ने शिला थियो भन्ने किम्बदन्ति छ तर अहिले हामी देख्न सक्छौ उक्त शिलाको आकार धेरैगुणा बढेको देखिन्छ । त्यस्तै पार्वती स्थानको पनि आकार परापूर्वकालमा सानो पहरामा टुसाएको जस्तो देखिन्थ्यो रे, अहिलेहामी देख्न सक्छौ यसको आकारमा धेरे भिन्नता रहेको छ। यस विन्दुकेशर महादेव स्थानमा विशेष कार्तिक र चैत्र महिनामा मुख्य मुख्य मेला लाग्ने गरेको छ । उक्त मेलामा लाखौंको संख्यामा भक्तजनहरु आउने गरेको पाइन्छ ।
रसुवा धैबुङबाट बसाइसराई गरि साविक धादिङ, कटुञ्जे–१, कल्लेरी हाल नेत्रावती डवजोङ गा.पा.–४, कल्लेरी आएका पौडेल बा नामले चिनिने पौडेल थर गरेका व्यक्ति अगुवा भएर यस ठूलो एकादशी पछिको पञ्चमी जात्राको थालनी गरियो । यस जात्रामा पनि ठूलो एकादशीमा जस्तै डोली लाने, पुजा गर्ने, बत्ति बाल्नं, महादीप लाने, बाजा–गाजा तथा शंखघन्ट बजाउने, रमाइलो गर्ने, नाचगान गर्ने जस्ता कार्य गरिन्थ्यो । विभिन्न लामा, भाकिहरु आउने पूजा गर्ने, काम्ने (देवता चढेको बेलामा) जस्ता कार्य हुन्थ्यो । यस जात्रा विस्तारै लोप हुन लाग्यो । पछिल्लो पुस्ताका कल्लेरी निबासी श्री भिम बहादुर सापकोटाको अगुवाइमा पुन यस जात्राको वि.स. २०४२ सालमा थालनी गरियो र हाल सम्म यस मेलाको प्रचलन चलिआएको छ । यसरी स्थानिय बासिले आफ्नो सभ्यता, संस्कृति जोगाउन ठूलो योगदान रहेको छ । समयको गतिसगै विन्दुकेशरको विकास र प्रचार प्रसार हुदै आएको छ । कार्तिक र चैत्र महिनामा भक्तालुहरुको धेरै घुइचो लाग्ने गरेको छ ।
कार्तिक महिनाको एकादशी र एकादशी पछिको पञ्चमीमा विशेश मेला लाग्ने भएपनि चैत्र महिनामा कुनै विशेष पर्व नपरेकोले चैत्र महिनामा पनि एकदिन विशेष मेला लगाउन पर्यो भनेर धादिङ कटुञ्जे १ निबासी श्री शंखनारायण श्रेष्ठको अगुवाईमा वि.स. २०२२ सालदेखि रामनवमीको दिन मेलाको सुरुवात गर्नुभयो। ठूलो एकादशीको जात्रामा जस्तै डोली लाने पूजा गर्ने, तोरन टांघ्ने, महादीप लाने शंखघन्ट तथा बाजागाजा बजाउदै रमाइलो गर्दै स्थानिय बासीहरु मिलेर मेलाको सुरुवात गरियो यस मेला बर्षेनी आज सम्म भब्य रुपमा लाग्ने गर्दछ । यस विशेष दिनमा एकचित्त भई शुद्ध मनोभावनाले पुजा आराधना गरे महादेव खुसी भई मागेको बर पाइने जनविश्वास रहदै आएको छ । रामनवमीका दिन पनि अघिल्लो दिन देखी नै उपबास बस्ने बत्ति बाल्ने, भरÞ्याङभुरुङ खोलामा स्नान गरि भोलिपल्ट महादेवको पुजा आरधना गर्ने प्रचलन छ । अघिल्लो दिन आउन सम्भव नहुनेहरु रामनवमीको दिनमा नै आएर पनि पुजा आराधना गर्दछन् । हाल आएर चैत्र महिनामा पनि स्थानिय बासी तथा टाढा टाढा बाट पनि भक्तजनहरु आउने गर्दछन् ।
धादिङ, नुवाकोट, चितवन, गोर्खा, रसुवा, सिन्धुपाल्चोक, काठमाण्डौ लगाएत छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरु आउने गर्दछन् । श्री विन्दुकेशर महादेव स्थान धादिङ जिल्लातर्फ अवस्थित रहेको छ भने महादेवको मुर्तिभन्दा सिधा सामुन्ने नुवाकोटको पहरोमा एक अनौठो प्रकारको टुसा पलाएको जस्तो देखा पर्यो । उक्त टुसा पलाएको ढुङ्गा (जुन पहरोमा जोडिएको छ । बर्षेनी बढेको देखेर वि.सं. २०२२ सालमा के भएको होला भनि बुझ्दा पार्वती उत्पती भएको पत्ता लाग्यो । वि.स. २०२२ देखि उक्त स्थानमा पार्वतिको पनि पुजा आरधाना गर्न थालियो । पहिला पूजा गर्दा यो शिला सानो टुसा आकारको थियो भन्ने भनाई पूर्वज जानाकारहरुको रहेको छ । हाल उक्त शिलाको आकार निकै ठुलो भएको देखिन्छ ।
जुन हामी अहिले पनि देख्न सक्छौँ । यस प्रकारको सत्देवशक्ति भएको स्थान तिर्थस्थलमध्ये एक हो पनि भन्न सकिन्छ । श्री विन्दु केशर महादेव स्थानमा स्थापना कालदेखी नै कुनै माहामारी वा कुनै रोग लागेमा महादेवको सेवा गर्ने, पूजा आरधाना गर्ने, व्रत गर्ने, तपस्या गर्ने, भाकल गर्ने प्रचलन रहेको छ । श्री विन्दुकेशर महादेव स्थानमा धेरै पहिला देखी नै कुष्ठरोग (कोर) आएका विरामी आई पूजा गर्ने प्रचलन रहेको छ र कुष्ठरोग (कोर) जस्तो रोग पनि श्री विन्दुकेशर महादेवको सेवा तथा तपस्याले निको हुन्छ भन्ने जनविश्वास छ ।
कोर आएका मानिस आई विहान भयङभुरुङ खोलामा स्नान गरि श्राद्धपूर्वक, एक चित्त भई महादेवको पुजा गर्ने, एक छाक मात्र खाने जवसम्म कोर निको हुँदैन तबसम्म दैनिक पुजाआरधना गर्ने, नुवाउने, एक छाक खाने जस्ता विधिवत रुपमा श्री विन्दुकेशर महादेव स्थानको पुजा गर्नाले कोर निको भएको जानाकार व्यक्तिहरु बताउनु हुन्छ । विन्दुकेशर महादेव स्थानको मन्दिर भन्दा करिव ५० मिटर माथि एउटा ओढार रहेको छ, जहाँ पहिला कोर आएका मानिस वस्दथे र महादेवको दैनिक पुजाआरधना गर्दथे । कोर आएका मानिस बसेको हुनाले यस ओढारलाई “कोर्या बस्या ओढार“ नामले चिनिन्छ ।
श्री विन्दुकेशर महादेव स्थानमा विशेष मेला लाग्ने दिनहरु ः
१) ठूलो एकादशी (हरिबोधनी एकादशी) मेला ः कार्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन मेला लाग्ने प्रथा ज्योतिष विप्लानन्द सापकोटाको पालादेखी सुरुवात भएको हो । एकादशीको अघिल्लो बेलुका देखी नै श्री विन्दुकेशर महादेव स्थानमा गई बत्ति बाल्ने रमाइलो गर्ने चलन थियो । विहान भएपछि भ¥याङभुरुङ खोलामा स्नान गरि महादेवको पूजा आराधना गर्ने चलन थियो । यस मेला सवैभन्दा महत्वपूर्ण मेला हो । यस दिन डोलि लाने, तोरन टाघ्ने, बक्ति बाल्ने, पुजा गर्ने भक्तजनको घुइचो लाग्दछ, साथै व्यापारिहरुको पनि उललेखनिय उपस्थित रहन्छ ।
२) हरिवोधनी एकादशी पछिको पञ्चमी मेला कहिले कार्तिक र कहिले मंसिरमा पर्ने हरिबोधनी एकादशी भन्दा पछिल्लो पञ्चमीका दिन पनि ठूलो एकादशीमा जसरी नै मेला लगाइन्छ । ठूलो एकादशीमा धेरै भिड भएर पुजा गर्न, बत्ति बाल्न नसक्ने स्थिति सृजना भएपछि हाल नेत्रावती डवजोङ गा.पा. ४ कल्लेरी निवासी पौडेल बुढा नामले प्रचलित समाजसेवी तथा वुद्धिजीवि व्यक्तिले वि.स. २००४ सालमा यस मेलाको सुरुवात गरेका थिए । यस मेला पछि गएर हराउन लागेपछि पुन वि.स. २०४२ सालमा हाल नेत्रावती डवजोङ गा.पा वडा नं ४ कल्लेरी निकासी श्री भीम बहादुर सापकोटाले अगुवाई गरेर पुन थालनी गर्नुभएको थियो । आजसम्म पनि यस मेला प्रचलनमा रहेको छ ।
३) रामनवमी मेला चैत्र महिनामा पर्ने रामनवमी मेला हाल आएर विशेष मेला वन्न पुगेको छ । वि.स. २०२२ सालमा समाजसेवी तथा बुद्धिजीवी शंखनारायण श्रेष्ठ ज्यूले सुरुवात गरेको यस मेला आज धेरै ठूलो मेलाको रुपमा रहेको छ बाबा(योगी), झाँकि, माता, बाजागाजा विभिन्न मौलिक पहिचान सहित विभिन्न स्थानवाट डोली लिई भक्तजन आउने गर्दछन् । तराईवाट पनि धेरै व्यापारि आउने गर्दछन् । सुरक्षाको लागी नजिकको चौकिवाट सुरक्षाकर्मि आउने गर्दछन् । यसरी धुमधामसँग रामनबमी मेलाा मनाइने कहिले माघ र कहिले फागुण महिनामा पर्ने शिवरात्री मेला एक प्रमुख मेला हो। श्री विन्दुकेशर महादेव स्थानको स्थापनाकालदेखी नै शिवरात्री मेला लाग्ने चलन रहेको छ । शिवरात्रीको दिन विहान श्री विन्दुकेशर महादेव स्थानमा गई भन्यङभुरुङ खोलामा स्नान गरि पुजाआजा गर्ने शिवको प्रसादको रुपमा भाङ, धतुरो, खाने सबै भक्तजन मिलि घाट्टा बनाई सम्पूर्ण भत्तजनले खाने प्रचलन रहेको छ । यसरी शिवरात्री मेला धुमधामसँग मनाइन्छ ।
४) शिवरात्री मेलाले हालसम्म पनि निरन्तरता पाईरहेको छ।वािर्षक लाखौं भक्तजनले महादेव मन्दिरमा पुजाआजा, दर्शन र भ¥याङभुरुङ खोलामा नुहाइ बर माग्ने काम गर्दै आएका छन् ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |