धादिङ,२२ चैत
धादिङको नीलकण्ठ नगरपालिका र अमेरीकी सरकारबिच द्धिपक्षीय सम्झौता गरेर काम गर्ने विषयमा छलफल सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिकाको आवश्यकताको आधारमा युएसएआईडी मार्फत नीलकण्ठको विकास निर्माणको काम गर्नेगरी प्रक्रिया अघि बढेको नगर पालिका संघका अध्यक्ष तथा नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ ।
आज(बुधबार)नीलकण्ठ नगरपालिकामा मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा युएसआईडीको प्रतिनिधी मण्डलबिच छलफल भएको हो।नीलकण्ठ नगरपालिका र युएसएआईडी बिच जिटुजी माध्यमबाट परियोजना सन्चालन गरिने भएको हो।नीलकण्ठ नगरपालिकाको आवश्यकताको आधारमा युएसआईडीले सहयोग गर्ने नगर प्रमुख ढुंगानाले बताउनु भएको छ । उक्त परियोजना सम्झौता भए नीलकण्ठ नगरको विकासको लागि मेरुदण्डको रुपमा अगाडी बढ्ने ढुंगानाले बताउनु भएको छ।नीलकण्ठ नगरपालिकाको मास्टर प्यान,आवधिक योजनाकै आधारमा काम हुने छ।
नीलकण्ठ नगरपालिकाको पहिलो प्राथमिकता कृषि भएको भन्दै मेयर ढुंगानाले शिक्षा,उद्यमशिलता र भौतिक पुर्वाधारको विकासलाई केन्द्रविन्दुमा राखेर काम गरिने बताउनु भएको छ ।
नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख दीपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त,यूएसएआईडीका डेपुटी मिसन डाईरेक्टर क्यारेन,युसएआईडीका वातावरण तथा उत्थानशिलता कार्यलयका डेभिड आर मन,युएसआईडीको परियोजना व्यवस्थापन विशेषज्ञ शुसिल पौड्याल,सामाजिक विकास समिति संयोजक चिनामायाँ श्रेष्ठ,वातावरण बन तथा विपद समिति संयोजक राम्री नेपाली,नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला, प्रशासन शाखा अधिकृत लोकनाथ उपाध्याय, तयार नेपालका फिल्ड संयोजक सुधा रिमाल,महिला विकास निरिक्षक निर्मला केसी,सुचना प्रविधि अधिकृत सुरज जोशी लगायतको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |