धादिङ,२५ चैत ।
धादिङबेसीमा सन्चालनमा रहेको नीलकण्ठ एफ.एम. ९८ दशमलब ५ मेगाहर्जमा कार्यक्रम संयोजक पदमा कार्यरत पत्रकार गोमा थापा पुरस्कृत हुनुभएको छ ।नेपाल पत्रकार महासंघ,जिल्ला शाखा धादिङको २३ औँ साधारणसभा तथा पुरस्कार अर्पण कार्यक्रमको अवसर पारेर पत्रकार गोमा थापालाई शालिकराम बर्मा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरीएको हो ।
विगत एक दशक भन्दा बढी समय जिल्लामा पत्रकारिता पेशामा सक्रिय रहनुभएकी थापालाई शनिवार एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कृत गर्नुभएको हो । पत्रकार गोमा थापा नीलकण्ठ एफएम ९८ दशमलब ५ मेगाहर्जमा कार्यक्रम संयोजक पदमा कार्यरत रहनुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |