धादिङ,२९ चैत ।
गंगाजमुना गाउँपालिकाको वडा नं ५ स्थित ग्रामीण अस्पतालमा निशुल्क स्त्रीरोग तथा जनरल स्वास्थ्य शिविर सुरु भएको छ । गाउँपालिकाको आयोजना, ग्रीन सिटि हस्पटिल बसुन्धारा काठमाडौँको प्राविधिक सहयोग तथा मुटु फाउन्डेसन र मनोज एशोसिएसन प्रान्सको आर्थिक सहयोगमा स्वास्थ्य शिविर सुरु भएको हो ।
शिविरमा आज २५० जनाले सेवा लिएका छन् । जसमा ५९ जनाको भिडियो एक्सरे, ११ जनाको इसिजि, १५० जनाको स्त्री रोग र ३० जनाको जनरल स्वास्थ्य परिक्षण गरिएको जन स्वास्थ्य निरीक्षक विनोद श्रेष्ठले बताउनुभयो ।
अस्पताल संचालक तथा व्यवस्थापन कुमार बहादुर अधिकारीको अध्यक्षतामा संचालन भएको शिविरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।बुधबारदेखि संचालन भएको निशुल्क स्त्रीरोग तथा जनरल स्वास्थ्य शिविर बिहीबारसम्म चल्ने छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |