धादिङ,२१ बैशाख ।
धादिङको गजुरी गाउँपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका क्षेत्र र पृथ्वी राजमार्गमा हुने दुर्घटना वा अन्य कारणले मृत्यु भएका व्यक्तिहरुको शव पोस्टमार्टम तथा अन्तिम संस्कारका लागि लैजान गाउँपालिकाले शववाहन सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताउनुभयो ।
शववाहनमा मृतक गजुरी गाउँपालिकाको स्थानिय बासिन्दा भएमा निःशुल्क सेवा दिने र अन्यको हकमा प्रचलित जिल्ला दररेट अनुसार शुल्क लिई सेवा दिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
नागरिकहरुको समस्यालाई मध्येनजर गर्दै सेवा संचालन गरिएकोले शववहानको आवश्यक परेमा गाउँपालिकामा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |