धादिङ । धादिङको गजुरी गाउँपालिकाले गाउँपालिका भित्र रहेका बजारहरुको अनुगमन गरेको छ । पालिकाले व्यवसाय दर्ता/नवीकरण भए नभएको निगरानी राख्नको लागि बजार अनुगमन कार्यलाई निरन्तरता दिएको हो ।
बजार अनुगमनमा वडा नं १ का वडा अध्यक्ष तारानाथ भण्डारी, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारी लगायतको टोलिले सोमबार गजुरी बजार लगायतका क्षेत्रहरुमा अनुगमन गरेको हो ।
बजार अनुगमनको क्रममा व्यवसाय अनिवार्य रुपमा दर्ता गराउनहुन, नवीकरण लगायत कागजपत्र चुस्तदुरुस्त राख्न र म्याद गुज्रिएको सामाग्री नराखन, सबैले देख्ने स्थानमा मुल्य सुची राखी व्यवसाय संचालन गर्न आग्रह गरिएको गजुरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु अधिकारीले बताउनुभयो ।
गजुरी गाउँपालिकाले समयसमय पालिका भित्र रहेको मुख्य बजारहरुमा अनुगमन गर्दै आइरहेको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |