कृष्णराज अधिकारी
माया ममता नहुँदो हो त यो दुनिया कस्तो हुन्थ्यो होला ? धर्म र नैतिकताका कुराहरु पनि यसै संग सम्बन्धित छन् जस्तो लाग्छ । त्यसमाथि आफ्नो सन्तानको माया नलाग्ने को होला र ? उद्योग धन्दा चलाउनु, व्यपार व्यवसाय गर्नु या अन्य पेशाा व्यवसाय गर्नु भनेको आर्थिक रुपमा सबल हुन र भावि सन्ततीको सुन्दर भविष्यको निर्माण गर्नु हो । यसमा पनि भावि पुस्ताको लागि माया लुकेको छ ।
जसलाई मुटुको टुक्रा बनाएको छ, उसैले आग्रह अनुरोध गरे पछी नमान्नु पनि कसरी ? म अवोध बालकले झै एक बिहानै घरबाट निस्किए । बिहानको समय सिमसिम पानी परिरहेको थियो, बाटो पनि जताततै धुलो र हिलो । वायुमण्डल अति प्रदुषित सास नै फेर्न गाह्रो, तै पनि मायाँ ममताको अगाडि त्यस्ता अवरोधले के छेक्न सक्थ्यो र ? वायुको वेग झै साइरन बजाउदै सपनाको घरमा पुगेँ ।
भेट हुँदा आदर सत्कार गर्नु हाम्रो पूर्वीय सभ्यताको पहिचान हो । हामी वीचमा पनि आत्मा साटासाट भयो । गच्छे अनुसारको आदर सत्कार र अभिभावदन गरीयो । कस्तो रमाइलो परिवेश । साँच्चै स्वर्गीय आनन्द । मिलि जुली सँगै बसेर खाना खाइयो । मिठामिठा गफहरु भए । मध्यान्न तिरको सूर्यको तापले आलश्यता थप्दै गयो । आँखा लोलाउन थाले । त्यसैले म लुसुक्क सयन कक्ष तिर गै सुस्ताए । दिउँसै सपना देखें । हुन त दिउसोको सपना कहनु हुन्थ्यो कि हुन्न थ्यो ? तर मलाई भने मैले देलको त्यस दिनको सपना सार्वजनिक गर्न मन लाग्यो र लिपिवद्ध रुपमा व्यक्त गर्दै छु ।
मेरो मुटुको टुक्रा ऐश्वर्य झैं धपधपी बलि रहेको थियो । म त्यस टुक्रालाई सिरानी नजिक राखेर सुस्ताइ रहेको थिए । हामी कहिले डोरीमा झुण्डिएर कहिले पल्लो पाखा पुग्थ्यौ, कहिले नदीको किनार किनार बगरका ढुङ्गाहरु गन्दै हिड्थ्यौ । दिउँसो को घाम अनि नदिको चिसोे पानी । कस्तो सामिप्यता र केही सज्जनहरू नदीमा तैरदै जलक्रिडा गर्दै थिए, केही हुल युवा युवतीहरु अर्धनग्न अवस्थामा बगरको वालुवामा भविष्यको घर बनाउँदै थिए । त्यहाँ कसैको बार बन्देज थिएन । स्वछन्दाको पराकाष्ट ।
मेरो ऐश्वर्यले नदिमा तैरिन आग्रह गर्दै थियो तर मलाई भने बगिहालिन्छ कि भन्ने डर लागि रहेको थियो । उ हात समाउँदै नदी बीच तिर लैजान चाहन्थ्यो म पन्छ्दै बगर बगर भाग्न चाहन्थे । कस्तो रमाइलो खेल । आखिर सपना त हो, हामी कहिले पुल माथि दौड़ी रहेको हुन्थ्यो, कहिले बारी बारी तरकारीका बेर्ना गन्दै हिँड्थ्यौं । क्षणभरमै वल्लो तिर र पल्लो तिर ।
हिड्दा हिड्दै भोक लागे छ । खाजा खान हामी नजिकैको खाजा घर तिर लाग्यौ । हाम्रो खाजा अमला थियो । आहा कति स्वादिलो । त्यतिकैमा हामी संगै ट्वाकेहरु ट्वाक तान्न आए,डबकेहरु डबका तान्न । राता रात आँखा गर्दै चुरोटको धुँवा उडाउँदै हामी पानीअमला तिर हेर्दै थिए । खै तिनिहरुले हाम्रो केके पो हो हेरे कुन्नी ? केहि अधबैशेहरु हाम्रै सयन कक्ष तिर गएछन् । मोवाईलमा गित बजाउँदै, चुरोटका धुँवा संगै मासु र रक्सीको चुस्की लिदै ढलीमस्ति गरेछन् । त्यसै बखत मलाई बाडुल्की लाग्यो । सम्झीय सयन कक्षमा टोपी छोडिएको थियो । तक्कालै टोपी लिन गए । ढोका खोली भित्र हेरेको त भुषनिध्रेहरु ढलीमलि गरिरहेका । चुरोटको धुवाले कोठा भरी सकेको । जता ततै चुरोटका ठुटा र रक्सीको बोतल । सयन कक्ष पनि लथालिङ्ग भताभुङग भएको । एक मनले भन्थ्यो अर्काको गोप्य कोठामा मनलाग्दी गर्नेलाई लाठैलाठाले बजाउन पर्छ की ? फेरी अर्को मनले भन्छ आखिर खाजा घर त हो हिजो देखिकै चलेको चलन । आयआर्जनको दरिलो स्रोत ।
म भित्र पस्न सकिन । मुटु छाम्दै बाहिर निस्किए । फक्रिरहेको ऐश्वर्यलाई च्याप्प चेपेर मुटु भित्र नै बिलिन गराएँ । धन्न मैले ऐश्वर्यलाई जोगाएँ । नत्र ति डाम्नाहरुले डाम्न सक्थे होलान् । के थाह कुन दिन के हुन्छ भनेर ? मेरो दुवै हात छाति माथि परेछ । निद्रामा के के बर्बराए छु, कुन्नी बल्ल बल्ल हात फुस्कदा ओछ्यानमा बज्रन पुगेछ । म झल्यास्स व्यूँझिए । शरीर भरी खल खली पसिना बागी रहेको थियो । बिस्तारै आँखा खोले । म त्यही सयन कक्षमै थिए । तलतिर नदी सुसाई रहेको थियो । बाटोमा गाडीहरु दगुरीरहेका थिए । सबै आ आफ्नै काममा व्यस्त । अहो कस्तो सपना ?
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |