धादिङ,१ साउन ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित साँघुटार बजार क्षेत्र र ग्रामीण क्षेत्रका सडक वरिपरी बृक्षारोपण गर्ने कार्य सुरु भएको छ ।वडा भित्रका बजार क्षेत्रमा हरियाली बनाउने उद्धेश्यले आज १ सय ५० विरुवा रोपिएको वडा अध्यक्ष प्रकाश क्षेष्ठले जानकारी दिनुभयो।
वडा नम्बर ८ को मुख्य बजार साघुटार र ग्रामीण भेगका सडकको दायाँबायाँ कपुर, असोका, गुल्मरका विरुवा बृक्षारोपण गरीएको हो ।
हरियाली सडक बनाउने अभियान अन्तरगत सडक वरिपरी १ हजार ५ सय बिरुवा रोप्ने वडाको लक्ष्य अनुसार आज एक सय ५० बेर्ना विरुवा बृक्षारोपण गरीएको हो । जसमध्ये दुईसय विरुवाको संरक्षणका लागि तारजालीले घेराउ पनि गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो ।
त्यस्तै वडाले टोल विकास संस्थाहरु सँग समनवय गरेर विरुवाको रेखदेख र मलजलको जिम्मा लगाएको छ ।कतै बाढीपहिरो त कतै सडक खन्ने क्रममा सडक छेउछाउका विरुवाहरु मासिएको हुँदा सडक वरिपरी हरियाली बनाउनुका साथै वातावरण सुन्दर बनाउन वृक्षारोपण गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |