धादिङ । धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन अनुसार धादिङ जिल्लामा आत्महत्या गर्नेको संख्या बढेको पाईएको हो ।
आर्थिक बर्ष २०७९/०८० मा धादिङ जिल्लामा १ सय १२ जनाले आत्महत्या गरेका छन् । बागमती प्रदेशका १३ जिल्ला मध्ये आत्महत्या गर्ने जिल्लामा धादिङ एक नम्बरमा रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले बताउनु भयो । गत आर्थिक बर्षमा जिल्लामा ९७ जनाले आत्महत्या गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको संख्या बढीरहेको भएपनि त्यसको न्युनीकरणको लागि स्थानीय तहले खासै चासो देखाएका देखिदैन ।
प्रहरीले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार अपराधका घट्नाहरु पनि बढेको देखिएको छ । यसैगरी राजस्व संकलनमा बृद्धि भएको छ भने सडक दुर्घटनामा न्युनीकरण भएको पाईएको छ । गत आर्थिक बर्षमा घरेलु हिंसाका ६५ वटा घट्ना भएका छन् भने जसमा ५४ वटा फछ्यौट भएको छ ।
फरार अभियुक्त १ सय १० जनालाई प्रक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ७ सय १६ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् । आ.ब. २०७८/०७९ र आ.ब.२०७९/०८० को तुलानात्मक विवरणः
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |