धादिङ,४ साउन
जिल्ला प्रशासन कार्यालय धादिङले आज देखि राष्ट्रिय परिचय पत्र बितरण कार्यको सुरुवात गरेको छ ।आज बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलको सेवाग्रहीलाई राष्ट्रिय परिचय पत्र बितरण गर्दैै सेवाको सुभारम्भ गर्नु भएको हो ।सोहि समारोहको अवसरमा जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा प्रगती समेत सार्वजनिककरण गरिएको छ ।जारी विवरणमा जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिता लिने भन्दा प्रतिलिपी लिनेको संख्या बढि भएको पाईएको छ । गत आर्थिक बर्षमा नयाँ नागरिकता लिनेको संख्या १२,२६५ थियो भने प्रतिलिपी लिनेको संख्या १८,२४८ रहे्को उल्लेख गरिएको थियो ।
जिल्ला प्रशासन कार्यलय धादिङले कार्यालयबाट नै राष्ट्रिय परिचय पत्रको अनलाईन भर्ने फारम निःशुल्क भर्दै आएको छ । गत आ.व.मा ४ जनाले नागरिकता त्याग गरेका थिए भने आमाको नाम बाट ३ जनाले नागरिकता प्राप्त गरेका थिए ।कार्यक्रमकै अवसरमा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुने कर्मचारीहरुमा खरिदार बिजन ढकाल, नासु कृष्ण प्रसाद थपलिया, विवरण दर्ता अपरेटर जानुका दुवाडी, खरिदार सन्जय श्रेष्ठ , कार्यालय सहयोगी मन्जु श्रेष्ठ रहेका छन् ।कार्यक्रममा गाउपालिकाका अध्यक्ष, संघ,तथा प्रदेशका सांसदहरु, जिल्लाका कार्यलय प्रमुखहरु लगाएतको उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |