धादिङ । साहस नेपाल द्धारा थाक्रे गाउपालिका वडा न ७ र ९ का समुहका पदाधिकारीहरुलाई तरकारी बजार अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त स्थानमा संचालित सहयोगि हातहरुको समुह सहास नेपालले जलबायु उत्थानशिल नमुना गाउँ CRMV परियोजना बाट संचालित ३ वटा समुहका १८ जना पदाधिकारीहरुको लागि १ दिने कृषि उत्पादनको बजार ब्यबस्थापन कार्यक्रम अन्तर्गत जिल्ला सहकारी सघको सहकारी बजारमा अवलोकन तथा अन्तरक्रिया गरिएको हो । थाक्रे ७ र ९ न मा संचालित परियोजनामा ३ वटा समुहका ७४ जना सदस्यहरु रहेका छन् । जलबायु परिवर्तन सम्बन्धि तालिम,गोष्ठी तथा बिभिन्न कार्यबोझ कम गराउने यांन्त्रिकरण सहयोग गर्दै आएको परियोजना दोस्रो बर्षमा सन्चालित छ ।
घर बगैचा तथा साना पशु पनि प्रदान गर्दै आएको परियोजनालाई MCC नेपालले आर्थिक सहयोग गरेको छ ।
समुहका सदस्यहरुले उत्पादन गरेका तरकारी लगाएतको सामाग्री जिल्ला सहकारी संघ द्धारा संचालित सहकारी बजार बिक्रि बितरणको तयारी लगाएतको बिषयमा अन्तरक्रिया कार्यक्रममा कुराकानी भएको परियोजनामा कार्यरत कर्मचारी हरि बहादुर थापाले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा राष्टिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेल,जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य,निवर्तमान अध्यक्ष नेत्रराज पौडेल लगाएत संघका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |