धादिङ,१५ भाद्र
धादिङका थप ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । शुक्रबार नीलकण्ठ नगरपालिकाका २७ जना, गल्छी गाउँपालिकाका ३ जना, सिद्धलेक, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाका १/१ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको ।
यो संगै धादिङमा डेंगु संक्रमित हुनेको संख्या २ हजार ५२१ पुगेको छ । जसमा १ हजार २२४ जना पुरुष र १ हजार २९७ जना महिला रहेका छन् ।
नीलकण्ठ नगरपालिकामा मात्रै अहिलेसम्म २ हजार १३० जना डेंगु संक्रमित भइसकेका छन् ।
त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ८७ जना, बेनीघाट रोराङ ६३, सिद्धलेकमा ६६, त्रिपुरासुन्दरीमा ५१, गजुरीमा २६, गंगाजमुनामा २३, खनियाबासमा १६, रुवीभ्याली र नेत्रावती डबजोङमा १४ जना, गल्छीमा ११, धुनीबेशीमा ८ जना र थाक्रेमा १ जना संक्रमित रहेका छन् ।
११ जनाको भने अन्य जिल्लाबाट परिक्षण गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |