धादिङ,१९ भाद्र ।
नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा ८५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयको आयोजना भएको रक्तदान कार्यक्रममा ६८ जना पुरुष र १७ जना महिला गरि ८५ जनाले रक्तदान गरेको विद्यालयका शिक्षक नायक राजेन्द्र राना मगरले जानकारी दिनुभयो ।
बिहान ७ बजेदेखि १२ बजेसम्म नीलकण्ठ मा.वि परिसरमा भएको रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलको सहाकार्य तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको थियो ।
जिल्लामा रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |