धादिङ,२५ भदौ
जिल्ला अस्पतालको व्यवस्थापन पक्ष बलियो बनाउन माग गर्दै आज ज्ञापन पत्र बुझाईएको छ । सोमबार नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङले जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेण्डेन डा.रुद्रमणी भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीको नेतृत्वमा गएको टोलीले जिल्ला अस्पताल धादिङका नि.मेडिकल सुपरिटेन्डेण्ट डा.रुद्रमणि भण्डारीलाई अस्पतालको व्यवस्थापन पक्षको सुधारको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
अस्पतालमा सेवा लिन जादा घण्टौ सम्म लाईनमा बस्नुपर्ने बाध्यता हटाउनको लागि समेत आग्रह गरीएको छ ।स्वास्थ्य विमाको सुविधा लिन आएका नागरिकहरुलाई अस्पतालले अनावश्यक दुख दिई फरक व्यवहार हुने गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।जेष्ठ नागरीकहरुलाई उचित व्यवहार नभएको कतिपय निःशुल्क भनिएका औषधीलाई पनि शुल्क लिदै आएको, स्वास्थ्य उपकरणहरु चुस्त दुरुस्त हुन नसकेको जस्ता माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीले बताउनु भयो ।ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका उपाध्यक्ष शेर बहादुर भण्डारी लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |