धादिङ,९ असोज
नीलकण्ठ नगरपालिकाको पाल्पाभज्याङमा निर्माण गर्न लागिएको मनकामना मन्दिर तथा हरियाली सहिद पार्कको काम अधुरो हुन नदिने नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । मनकामना मन्दिर तथा हरियाली सहिद पार्क निर्माणको लागि सन्चालन भएको संगीतमय भागवत ज्ञान महायज्ञलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनु भएको हो । साविकको मुरलीभज्याङ गाविसले आफुलाई धेरै सहयोग गरेको भन्दै ढुंगानाले यस क्षेत्रको विकासको लागि आफु सधै प्रतिवद्ध रहेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर ८ र ९ ले आफुलाई वि.स. २०४३ सालदेखीनै ठुलो सहयोग गरेको भन्दै आफु कुनै पदमा भए पनि नभएपनि बाँकि जीवन यहि क्षेत्रको सेवक भएर विताउने बताउनुभयो ।मनकामना मन्दिर तथा हरियाली सहिद पार्क निर्माणको लागि मेयर ढुंगाना व्यक्तिगत ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गर्नुभएको छ । साथै नगरपालिकाबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आगामी शुक्रबारनै नगरपालिकाबाट प्राविधिक पठाईने दिने भन्दै समन्वय गर्नको लागि आयोजकलाई आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमलाले काँग्रेसको चार तारा मध्ये एक धार्मिक स्वतन्त्रता रहेको भन्दै काँग्रेसले सबै धर्मलाई सम्मान गर्ने बताउनुभयो । मनकामना मन्दिर तथा हरीयाली शहिद पार्क निर्माणको लागि पुर्व सभापति धमलाले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।कार्यक्रममा युवा नेता दिपक कोईराला लगायतको आतिथ्यता रहेको थियो । मनकामना मन्दिर तथा हरीयाली शहिद पार्क निर्माण समितिको आयोजना र ज्वालामुखी कृषि तथा पशुपालन महिला सहकारी संस्थाको सह आयोजनामा असोज ४ गतदेखी श्रीमद भागत पुरायण सुरु भएको हो । असोज ११ गते सम्म सन्चालन हुने संगीतमय भागवत ज्ञान महायज्ञमा पण्डीत नारायण प्रसाद न्यौपानेले कथा वाचन गर्नुभएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |