धादिङ,९ असोज
प्रेमीकाको हत्या गरेको ६ बर्षपछि प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामकाको हत्यामा संलग्न भएका अरूण कुमार मिजारलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवेशी नगरपालिका–९ टायल घरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो ।
उनको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका–८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो।प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन्। ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेको पत्ता लागेको थियो।
तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेका थिए । काठमाण्डौको एक अस्पतालमा जागिर लगाईदिन्छु भन्दै काठमाण्डौ बोलाएर धुनीबेसी नगरपालिकाको टायलघर स्थित अधेरीखोलामा हत्या गरी फालेर अरूण फरार भएका थिए । ६ वर्षपछि पक्राउ परेका उनी आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रहरीको अनुसन्धान चलिरहँदा असोज ३१ गते अरूण दुबइ फरार भएका थिए । त्यतिबेलासम्म प्रहरीले हत्याराको क्लू नभेट्टाएका कारण उनी भाग्न सफल भएका थिए । उनी दुबई र मलेसियामा लुकेर बस्दै आएका थिए । केही समयअघि विवदेशबाट नेपाल फर्किएको भन्ने सूचना प्राप्त भएपछि बाग्मती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको थियो । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |