धादिङ,११ असोज
नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम प्रसाद ढुंगानाले खानेपानी र सरसफाईको सबै काम स्थानीय सरकारको भएको भन्दै स्थानीय सरकारहरूसँग छलफल गरेर योजना निर्माण गर्न सरोकारवालाहरूसँग आग्रह गुर्नभएको छ ।
केन्द्रमा बसेर बनाएका योजनाहरु प्रभावकारी नभएको भन्दै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गर्दा बढी प्रभावकारी हुने बताउनु भएको छ । खानेपानी मन्त्रालयले गरेको खानेपानी, सरसफाई तथा स्वच्छता संयुक्त क्षेत्रगत समिक्षा राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुदै अध्यक्ष ढुंगानाले सो कुरा बताउनु भएको हो ।
स्वच्छ खानेपानी सहज रूपमा उपलब्ध गराउने विषयमा दातृ निकायहरूले पनि स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने ढुंगानाको भनाईछ । खानेपानी र सरसफाईको क्षेत्रमा काम गरीरहेका दर्जनौ निकायहरूको उपस्थीतिमा भएको सम्मेलनले खानेपानी, सरसफाई र स्वच्छताका सन्दर्भमा २० बुंदे घोषणा पत्र जारी गरीएको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |