धादिङबेशी । बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले धादिङबेसी तिप्लिङ सडक प्रदेश सरकारले कालो पत्रे गर्ने बताउनु भएको छ । उत्तरी धादिङको विकासको लागि सडक अनिवार्य रहेको भन्दै उहाँले उक्त सडक कालोपत्रे गर्ने काम अव प्रदेश सरकारले छुट्टै सुरु गर्नेस्पष्ट पार्नुभएको छ ।
ख्रीष्टियन कार्यक्रम उद्घाटन तथा झार्लाङको इसाई इतिहास समेटिएको पुस्तक विमोचन गर्न खनियाबास गाउँपालिका १ झार्लाङ जोङ खेल मैदान पुगेर मुख्यमन्त्रि शालिकराम जम्कट्टेलले सो कुरा बताउनु भएको हो । उहाँले जनताको काम गर्न आफुहरु राजनीतिमा लागेको भन्दै जनताका आधारभुत समस्यामा तिनै तहको सरकार मिलेर गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।
झार्लाङ मण्डली इतिहास स्मारिका समुहको आयोजना तथा सुद्धिकरण समुह र खनियाबास ख्रिष्टियन युथ फेलोसिपको सह आयोजनामा भएको कार्यक्रममा झार्लाङमा रहेका सबै पास्टरहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद डम्बरबहादुर तामाङ, जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारी, खनियाबास गाउँपालिकाका अध्यक्षहरु रणबहादुर तामाङ, रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी (विजय), माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी लगाएतका ब्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |