धादिङबेशी । बिकास निर्माण र बिनियोजित बजेटमा ढिला सुस्ती,अनियमितता र ठेक्का लगाएर होल्ड गर्न कसैलाई छुट नभएको बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि युवराज दुलाल बताउनु भएको छ । प्रादेशिक सडक कार्यालय धादिङको समिक्षा बैठक तथा आसपासका योजनाहरुको फिल्डमै पुगेर स्थलगत अवलोकन गर्न धादिङ आईपुग्नु भएको बेलामा मन्त्रि दुलालले सो कुरा बताउनु भएको हो ।
उहाँले चालु आर्थिक बर्षको बजेटहरु कार्यान्वयनमा ल्याउन बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव सहितको टोली स्थलगत अवलोकनमा हिडेको बताउनु भएको छ । बुधबार धादिङबेशी आईपुगेर मन्त्री दुलाले गणेशमार्गमा बन्न लागेको पुल र सिरानबजार स्थितको पहिरोको अवलोकन गर्नु भएको थियो । उहाँले स्थलगत अवलोकन पश्चात भएका समस्याहरु निराकरण गरि तत्काल योजनाहरु कार्यान्वयनमा ल्याउन स्पोटबाट नै निर्देशन दिनु भएको छ । समिक्षा बैठक पश्चात उहाँले धादिङमा चालु आर्थिक बर्षको तिन महिनामा १२ प्रतिशत पुजीगत खर्च गरी ५० प्रतिशत योजनाहरु कार्यान्वयनमा रहेको पाईएको बताउनु भयो । उहाँले ढिला सुस्ती,अनियमितता र ठेक्का लागेर लामो समय सम्म काम नगरी ठेक्का होल्ड गरेर बस्ने ठेकेदारहरुलाई कारबाहि गरि योजनाहरु छिटो र गुणस्तरको बनाउन, योजना स्थलमा आएका समस्याहरुको सम्बोधन गर्न सचिव सहित आफुहरु स्वयम स्थलगत अवलोकनमा हिडेको बताउनु भएको छ ।
Audio Playerत्यसैगरी उहाँले बागमती प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयले ८०० किलो मिटर भन्दा बढी पक्की सडक र करिव २०० को हाराहारिमा पुल निर्माणको प्रक्रियामा रहेको समेत बताउनु भएको छ ।
Audio Playerप्रादेशिक सडक डिभिजन कार्यालय धादिङका प्रमुख निरोज दाहालले यस चालु आवमा कुल बजेटको ८५ प्रतिशत बित्तिय लक्ष्य लिएको बताउनु भएको छ । उहाँले अघिल्लो आव बाट म्याद थप भएर आएको योजनाहरु यसै बर्ष सक्ने लक्ष्य रहेको भन्दै उहाँले २६ वटा बहुबर्षिय योजनाहरु रहेकोमा यस आर्थिक वर्षमा १६ वटा योजना सम्पन्न हुने समेत बताउनु भएको छ ।
Audio Playerउहाँले साउन महिना देखि नै खरिद प्रक्रिया सुरु गरेको भन्दै तोकिएको समय सिमा भन्दा अगाडी नै योजनाहरु कार्यान्वयनमा ल्याउन आफु लागी परेको बताउनु भएको छ ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
neelkanthafm@gmail.com
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |