धादिङबेशी । नेपाली काग्रेसका केन्द्रय सदस्य डा. शेखर कोईरालाले आगामी दिनमा हुने चुनावमा काग्रेस पार्टी एक्लै चुनावमा जाने बताउनु भएको छ । नेपाली काग्रेस धादिङको प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुदै कोईरालाले सो कुरा बताउनु भएको हो ।
उहाँले आगामी दिनमा कसैसंग बैशाखी नटेकीकन काग्रेस पार्टी एक नम्बरको हुने समेत दावी गर्नु भयो । काग्रेस २/३ बर्ष देखि मियो भयर काम नगरेको भन्दै उहाँले बिपिको बिचारलाई तिलान्जली दिन नहुने तर्क ब्यक्त गर्नु भएको छ । उहाँले अव काग्रेसलाई कस्तो बनाउने भन्ने छलफल गर्ने बेला भएको बताउनु भएको छ । उहाँले आफुहरु कमजोर नभई मानसिकता कमजोर भएको समेत बताउनु भयो । उहाँले देशमा अराजकता, आर्थिक संकट,बेरोजगारी बढीरहेकोले त्यसको अन्त्य गर्न काग्रेस पार्टीले मात्र सक्ने दावी गर्नु भयो ।
सम्मेलन कै अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ७ जना महिला र ७१ जना पुरुष गरि ७८ जनाले रक्तदान गरेका थिए । कार्यक्रम कै अवसर पारेर स्वास्थ्य परिक्षणको कार्यक्रम समेत गरिएको थियो ।
आज भएको नेपाली काग्रेस धादिङको प्रथम सम्मेलनमा पार्टी बिधि र पद्धतीले नचलेको भन्दै दिलमान पाख्रिन,भीम प्रसाद ढुङ्गाना र रमेश धमला लगाएतका समुहले भने बहिस्कार गरेका थिए ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |