धादिङबेशी । प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला सम्पन्न भएको छ । हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्था लि.को आयोजनामा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षक तथा वडा न २ को प्रवर्धनमा कात्तिक १७ गतेदेखि सुरु भएको मेला सम्पन्न भएको हो ।
सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेला सम्पन्न भएको छ । समापन समारोहलाई सम्बोधान गर्नुहुँदै मन्त्री श्रेष्ठले युवाहरुको विदेश पलायनलाई स्वदेशमै फर्काउनको लागि बागमती प्रदेशले कृषि क्षेत्रमा नयाँ लगानीको गन्तव्य सहित नयाँ कानुन निमार्ण गर्न लागि रहेकोे बताउनुभयो ।
उहाँले त्रिपुरासुन्दरी गाउँपालिकामा उत्पादन भएका मास, मटमास, सखरखण्डा लगायतका वस्तुहरुको बागमती प्रदेश सरकाले संरक्षण र बजारीकरण गर्ने सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले हामी सबैको कृषि तथा बहुउदेश्यीय सहकारी संस्थाको भवन निमार्ण गर्नको लागि आगामी बर्षमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलामा भएको सल्यानटार डान्स आईडलमा उन्नती पाण्डे प्रथम भएकी छिन् । त्यसैगरी रोशनी नेपाली, प्राप्ती छत्कुली द्धितिय, सुस्मिता सुनार, दुर्गा लामा, ईशा अधिकारी तृतिय र रस्मिता सिलवाल सान्तोना भएकी छिन् ।
मेलामा स्थानीय उत्पादनलाई प्रोत्साहन दिदै सल्यानटारमा उत्पादन भएका मास,तिल,घैयाको चामाल,तरकारीबालीहरु लगाएतका सामाग्रीहरु खरिद बिक्रीमा साथै प्रदर्शनीमा राखिएको थियो । साथै मेलामा कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइडूोपोनिक्स, मौरी पालन, जैबिक मल आदीको प्रदर्शनी, कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी गरिएको थियो । साथै हरेक दिन स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |