धादिङ,०५ मंसिर
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ खहरेमा मंसिर९ गते रक्तदान कार्यक्रम हुने भएको छ । नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभाको अवसरमा खहरे स्थित अचने मा.विको प्राङ्गणमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो ।
नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५, र ७ को मुख्य सहयोगमा हुने रक्तदान कार्यक्रममा श्री अचने माध्यमिक विद्यालय, नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस र लायन्स क्लब अफ काठमाण्डौ ब्लड सर्कलको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधि सहयोग रहेको छ।
मंसिर ८ गते बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ । साथै कार्यक्रममा सक्रिय सहभागिताका जनाइ रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |