धादिङबेशी । भैरवी वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ नगरपालिका ३ धादिङको २२ ओैं बार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न भएको साधारण सभाले गणेश कुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय संचालक समिति र कृष्णकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्व सम्मत चयन गरेको हो ।
गठित संचालक समितिको उपाध्यक्षमा शान्तविक्रम वानियाँ,विनोदमान श्रेष्ठ महासचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णुलाल श्रेष्ठ सचिवमा सिताराम कोईराला रहेका छन् ।त्यसैगरी संचालक समितिका सदस्यहरुमा सीताकुमारी श्रेष्ठ,प्रेमनाथ सिलवाल, शान्ता तिमिल्सिना लम्साल,नारायणदत्त काराखेति,चिनामायाँ श्रेष्ठ,रीता अधिकारी ,कृष्णराज अधिकारी,मीनबहादुर थापा,भगवति पोखरेल रहेका छन् ।
लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा शिवराज सापकोटा र भक्तकुमार श्रेष्ठ चयन भएको संस्थाका महासचिव राजकुमार श्रेष्ठले निलकण्ठ एफ.एम.लाई जानकारी दिनु भयो ।
निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
अध्यक्ष : | बद्रि अधिकारी |
प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |